सोमबारदेखि सेयर बजारमा १५% उतारचढावको सीमा लागू

spot_img

काठमाडौं,०५ वैशाख । अब सेयर बजारमा दैनिक मूल्य घटबढको सीमा बढाएर १५ प्रतिशतसम्म पुर्‍याइने भएको छ। नेपाल धितोपत्र बोर्ड ले धितोपत्र कारोबार विनियमावलीमा चौथो संशोधन गर्दै नयाँ व्यवस्था लागू गर्न लागेको हो।

यसअघि एक दिनमा कुनै पनि सेयरको मूल्य अधिकतम १० प्रतिशतसम्म मात्रै बढ्न वा घट्न पाउने व्यवस्था थियो। तर अब यो सीमा बढाइएपछि लगानीकर्ताले बढी उतारचढाव देख्न सक्नेछन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिको निर्णयअनुसार बोर्डले कार्यान्वयनका लागि निर्देशन दिइसकेको छ, जसअनुसार आगामी सोमबारदेखि नयाँ नियम लागू हुनेछ।

नयाँ व्यवस्थाअनुसार बजार नियन्त्रण (सर्किट ब्रेकर) को नियम पनि परिमार्जन गरिएको छ। अब बजार ८ प्रतिशत घटबढ भएपछि मात्र पूर्ण रूपमा बन्द हुनेछ। पहिलो दुई घण्टाभित्र ५ प्रतिशत परिवर्तन भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ।

यसअघि ४ प्रतिशतमा २० मिनेट र ५ प्रतिशतमा ४० मिनेट कारोबार रोक्ने तथा ६ प्रतिशतमा बजार बन्द गर्ने व्यवस्था थियो।

त्यसैगरी, प्रि–ओपन सेसनमा पनि परिवर्तन गरिएको छ। बिहान १०:३० देखि १०:४५ बजेसम्म हुने यस सेसनमा अब सेयर मूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउनेछ, जुन पहिले २ प्रतिशत मात्र थियो।

बजार खुल्नेबित्तिकै मूल्य ‘लक’ हुने समस्या कम गर्न र वास्तविक माग–आपूर्ति सन्तुलन कायम गर्न यस्तो व्यवस्था गरिएको नियामकले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय