भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने क्रम रोकिएन

spot_img

नेपालगञ्ज,०५ वैशाख । बर्ड फ्लुको जोखिम बढिरहेका बेला पनि जमुनाह नाकाबाट भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने क्रम रोकिएको छैन।

जिल्ला प्रहरी कार्यालय बाँके ले नेपालगञ्ज उपमहानगरपालिका–१६ क्षेत्रबाट १०८ किलोग्राम बराबरका ३६ वटा तयारी कुखुरा बरामद गरेको छ। प्रहरीका अनुसार कुखुरा साइकलमार्फत ल्याइँदै गरेको अवस्थामा फेला पारिएको हो।

प्रहरी निरीक्षक रमेश विष्ट का अनुसार अवैध कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्नेबित्तिकै भाग्ने गरेका कारण पक्राउ गर्न कठिनाइ भइरहेको छ। साइकल तथा मोटरसाइकलमार्फत यस्तो गतिविधि भइरहेको उनले बताए।

उता पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज का प्रमुख डा. हरेराम यादव ले खुला सीमा र कमजोर सचेतनाका कारण अवैध कुखुरा भित्रिने क्रम रोक्न नसकिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनका अनुसार हालसम्म करिब ३५ हजार तयारी कुखुरा नष्ट गरिएको छ भने चालु आर्थिक वर्षमा मात्र ६० हजार चल्ला तथा ठूलो परिमाणमा कुखुराको मासु र अण्डा नष्ट गरिएको छ।

पशु क्वारेन्टाइन कार्यालयले प्रहरीको सहयोगमा बरामद सबै अवैध कुखुरा, चल्ला, अण्डा र मासु नष्ट गर्दै आएको जनाएको छ। तर तराईका केही जिल्लामा बर्ड फ्लुको जोखिम बढ्दै गए पनि हालसम्म संक्रमण पुष्टि नभएको कार्यालयले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय