अख्तियारका पाँच वर्ष: ७९८ भ्रष्टाचार मुद्दा, ३१ अर्बभन्दा बढी बिगो दाबी

spot_img

काठमाडाै,०५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा भ्रष्टाचारसम्बन्धी ७९८ मुद्दा दायर गर्दै चार हजार ६६२ जनालाई प्रतिवादी बनाएको छ। ती मुद्दामा कुल ३१ अर्ब ५२ करोडभन्दा बढी बिगो दाबी गरिएको छ। सो अवधिमा एक लाख ६६ हजारभन्दा बढी उजुरी परेकामा करिब ७३ प्रतिशत फर्छ्यौट गरिएको छ।

विशेष अदालतबाट सरदर ५५ प्रतिशत मुद्दामा कसुर स्थापित भएको आयोगले जनाएको छ। पछिल्ला वर्षहरूमा उजुरी, फर्छ्यौट र मुद्दा दायर हुने क्रम बढ्दो देखिए पनि केही मुद्दामा सफलता दर घटेको छ। आयोगका अनुसार स्टिङ अपरेसनसम्बन्धी कानुनी व्यवस्थामा आएको परिवर्तनले घूससम्बन्धी मुद्दाको सफलता दरमा असर परेको हो।

यस अवधिमा पूर्वप्रधानमन्त्रीदेखि मन्त्री, सांसद, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी बनाइएको छ। आयोगले भ्रष्टाचार नियन्त्रणका लागि अनुसन्धानसँगै निरोधात्मक र संस्थागत सुधारका रणनीति अपनाउँदै आएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय