spot_img

५९ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

spot_img
spot_img

धरान,०५ वैशाख । धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त टोलीले शनिबार बिहान भेँडेटारबाट धरानतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी जाँच गर्ने क्रममा ५९ किलो गाँजा बरामद गरेको हो।

प्रहरी नायब उपरीक्षक भिषणबाबु राई का अनुसार गाडीको सिटमुनि ‘फल्स बटम’ बनाएर लुकाइछिपाइ गाँजा ओसारपसार गरिएको थियो।

पक्राउ पर्नेमा भारत, बिहार राज्य सुपौल जिल्ला बलुवा बजार–६ का २२ वर्षीय सुबिध कुमार, सोही स्थानका २२ वर्षीय रोहित कुमार तथा सुपौल बजार–१ का ४० वर्षीय मोहम्मद जमशेर रहेका छन्।

तीनै जनालाई गाडीसहित नियन्त्रणमा लिई हाल इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय