पूर्व–पश्चिम राजमार्गमा कार–जेसीबी ठक्कर एकै परिवारका पाँच जना घाइते

spot_img

नवलपरासी,०५ वैशाख । देवचुली नगरपालिका–१६ फारमस्थित पूर्व–पश्चिम राजमार्गमा कार र जेसीबी ठोक्किँदा एकै परिवारका पाँच जना घाइते भएका छन्।

झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसीबीसँग नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको कार ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा कार चालक ३४ वर्षीय सागर ज्ञवाली, उनकी श्रीमती ३१ वर्षीया अन्सु पौडेल, तीन वर्षीय छोरा आयान ज्ञवाली, नौ महिनाका वेदाक्ष ज्ञवाली र ५६ वर्षीया आमा कमला ज्ञवाली घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुर का प्रहरी उपरीक्षक युवराज खड्का का अनुसार कारले मोटरसाइकललाई जोगाउने क्रममा जेसीबीमा ठोक्किएको हो।

घाइतेहरूलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेजमा पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय