अब २४ घण्टाभित्रै लाइसेन्स, २९ लाख पुराना छपाइ असारभित्र सक्ने लक्ष्य

spot_img

काठमाडौं,०५ वैशाख । ट्रायल पास गरी राजस्व बुझाइसकेका सेवाग्राहीले अब २४ घण्टाभित्रै चालक अनुमतिपत्र (लाइसेन्स) पाउने भएका छन्। यातायात व्यवस्था विभागसुरक्षण मुद्रण केन्द्र बीचको सहकार्यमा नयाँ प्रणाली लागू गरिएको हो।

लामो समयदेखि देखिँदै आएको ढिलाइ, प्रशासनिक झन्झट र लाखौँ लाइसेन्स थुप्रिने समस्या समाधान गर्ने लक्ष्यसहित यो व्यवस्था ल्याइएको हो।

नयाँ कार्ययोजनाअनुसार पहिलो चरणमा ट्रायल पास गरी राजस्व बुझाएका सेवाग्राहीको विवरण प्राप्त भएको २४ घण्टाभित्रै लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गरिनेछ। यसले नयाँ लाइसेन्सका लागि लामो समय कुर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

दोस्रो चरणमा विगत तीन वर्षदेखि थुप्रिएका करिब २९ लाख लाइसेन्स छपाइ गर्ने लक्ष्य राखिएको छ। सरकारले असार मसान्तभित्र सबै लाइसेन्स छापेर वितरण गर्ने तयारी गरेको जनाएको छ।

हाल दैनिक करिब ४० हजार लाइसेन्स छपाइ भइरहेको छ। पुराना उपकरण पुनः सञ्चालनमा ल्याएर तथा प्राविधिक समस्या समाधान गरी उत्पादन प्रक्रिया तीव्र बनाइएको छ।

सरकारले यो प्रणाली सफल भए साउन १ गतेदेखि लाइसेन्स वितरण प्रक्रिया पूर्ण रूपमा छिटो, डिजिटल र झन्झटरहित हुने विश्वास लिएको छ। साथै भविष्यमा हुलाक सेवा विभाग मार्फत घरमै लाइसेन्स पुर्‍याउने योजना पनि अघि बढाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय