नारायणी अस्पतालमा निःशुल्क भोजन सेवा तेस्रो वर्षमा प्रवेश

spot_img

बीरगन्ज,०५ वैशाख । बीरगन्ज समाज सेवाले नारायणी अस्पताल मा सञ्चालन गर्दै आएको साप्ताहिक निःशुल्क भोजन सेवा तेस्रो वर्षमा प्रवेश गरेको छ।

विगत दुई वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजे अस्पताल परिसरमा सञ्चालन हुँदै आएको यो कार्यक्रमले बिरामी, कुरुवा, असहाय व्यक्ति तथा रिक्सा–ई–रिक्सा चालक र बटुवाहरूलाई लक्षित गर्दै सेवा दिँदै आएको छ।

अभियानअन्तर्गत हरेक हप्ता करिब ४५० देखि ५०० जनासम्मले निःशुल्क भोजन प्राप्त गर्दै आएका छन्। सेवामा शुद्ध शाकाहारी भोजनका रूपमा भात, दाल, आलु–कोभीको तरकारी, अचार र फलफूल वितरण गरिँदै आएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष अशोक गुप्ता ले “सेवा नै धर्म हो” भन्ने भावनाका साथ अभियान अघि बढाइएको बताए। उनले सहयोग गर्ने सबै दाता र स्वयंसेवकप्रति आभार व्यक्त गर्दै सामाजिक सेवामा निरन्तर साथ दिन आग्रह गरे।

त्यसैगरी सचिव प्रकाश वाहेती ले “कोही पनि भोकै नबसोस्” भन्ने उद्देश्यसहित सुरु गरिएको अभियान अहिले अस्पताल केन्द्रित भएर सञ्चालन भइरहेको जानकारी दिए।

कार्यक्रममा समाजका विभिन्न सदस्य तथा स्वयंसेवकहरूको सक्रिय सहभागितामा भोजन वितरण गरिएको थियो। वृद्ध, महिला र बालबालिकालाई विशेष प्राथमिकताका साथ सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय