पेट्रोलियम मूल्यवृद्धिविरुद्ध बबरमहलमा प्रदर्शन

spot_img

काठमाडौं,०७ वैशाख । काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै विरोध प्रदर्शन गरिएको छ। राष्ट्रिय जेनजी नागरिक अभियानका युवाहरूले सोमबार नेपाल आयल नियम नजिक बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरू सुरुवातमा निगम परिसरमै धर्ना दिन र ज्ञापनपत्र बुझाउन पुगेका थिए। तर प्रहरीको हस्तक्षेपपछि उनीहरूलाई त्यहाँबाट हटाइएपछि निगम नजिकै सडकमा उत्रिएर नाराबाजीसहित विरोध जनाएका हुन्।

प्रहरीले पूर्वसमन्वय नभएको भन्दै प्रदर्शनकारीहरूलाई निगम परिसरबाट बाहिर निकालेको जनाएको छ। त्यसपछि प्रदर्शनमा सहभागीहरूले “मूल्यवृद्धि फिर्ता गर”, “प्रहरी दमन बन्द गर” जस्ता नारा लगाउँदै विरोध जारी राखे।

प्रदर्शनकारीहरूले छिमेकी देशहरूमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहँदा पनि नेपालमा अत्यधिक मूल्यवृद्धि गरिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा यसले सर्वसाधारणको दैनिक जीवनमा थप आर्थिक भार पारेको छ।

अभियानका प्रतिनिधिहरूले पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय