बीरगन्ज,०९ वैशाख । सामाजिक सेवामा सक्रिय उपकार सेवा नेपालले एक अपांग बालकलाई ह्वीलचेयर सहयोग प्रदान गरेको छ।
वीरगन्ज महानगरपालिका–२२, मनियारीस्थित मुसहर बस्तीमा बसोबास गर्ने शारीरिक रूपमा पूर्ण रूपमा अपांगता भएका बालकलाई संस्थाले बुधबार ह्वीलचेयर उपलब्ध गराएको हो।
आर्थिक रूपमा समेत अत्यन्त कमजोर अवस्थामा रहेका ती बालकको दैनिकी निकै कष्टकर रहेको जानकारी पाएपछि सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा सहयोग गरिएको हो।
संस्थाकी अध्यक्ष विद्यादेवी सरावगीले बालकलाई ह्वीलचेयर हस्तान्तरण गर्दै यस्ता मानवीय कार्यलाई निरन्तरता दिने बताइन्।
स्थानीयवासीका अनुसार ह्वीलचेयर सहयोगपछि बालकको दैनिक जीवनमा सहजता आउने विश्वास गरिएको छ।


