अमेरिकी नाकाबन्दी कायम रहेसम्म होर्मुज नखोल्ने इरानको अडान

spot_img

काठमाडाै,१० वैशाख । इरानले अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहेसम्म विश्वको अत्यन्त संवेदनशील तेल मार्ग मानिने स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने स्पष्ट संकेत दिएको छ।

तेहरानले युद्धविराम लम्ब्याइएको भनिए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै रणनीतिक जलमार्गमा निगरानी कडा बनाएको छ। इरानले दुई विदेशी जहाज नियन्त्रणमा लिएको दाबी पनि गरेको छ।

यसैबीच, डोनाल्ड ट्रम्पले मङ्गलबार युद्धविराम केही समय कायम राख्ने घोषणा गर्दै पाकिस्तानको मध्यस्थतामा शान्ति वार्तालाई अवसर दिन चाहेको बताएका छन्। इरानले पाकिस्तानको पहललाई सकारात्मक रूपमा लिएको भए पनि अमेरिकी प्रस्तावबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर घालीबाफले अमेरिकी नाकाबन्दी कायम रहँदा युद्धविरामको अर्थ नरहने बताएका छन्। उनका अनुसार होर्मुजमार्गमा प्रतिबन्ध जारी रहँदा जलमार्ग खुला गर्ने अवस्था छैन।

गत फेब्रुअरी २८ मा इजरायलसंयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि तेल बजारमा अस्थिरता बढेको छ। युद्ध पुनः चर्किन सक्ने आशंकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रभावित भइरहेको छ।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले होर्मुज हुँदै गइरहेका दुई जहाज नियन्त्रणमा लिएको जनाएको छ। तीमध्ये पनामा झण्डा बोकेको ‘एमएससी फ्रान्सेस्का’ र लाइबेरियाको ‘एपामिनोन्डास’ रहेको बताइएको छ। घटनालाई समुद्री सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा हेरिएको छ।

इरानले अब होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूले पूर्वअनुमति लिनुपर्ने नयाँ व्यवस्था लागू गरेको जनाएको छ। यसअघि युद्धविराम अवधिमा स्वतन्त्र आवागमनको संकेत दिएको तेहरानले अमेरिकी गतिविधिपछि नीति कडा बनाएको हो।

यसबीच लेबनानइजरायल सीमामा पनि तनाव कायम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। युद्धविराम घोषणा भए पनि सीमा क्षेत्रमा छिटपुट आक्रमण जारी रहेको बताइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय