बीरगन्ज,१० वैशाख । बीरगन्जका पूर्व नगरप्रमुख तथा पूर्वमन्त्री विमल प्रसाद श्रीवास्तवको काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सफलतापूर्वक बाईपास सर्जरी गरिएको छ।
परिवारका अनुसार आज गरिएको शल्यक्रिया सफल भएको छ र हाल उहाँको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन्। मुटुमा चारवटा ब्लकेज देखिएपछि चिकित्सकहरूको टोलीले बाईपास सर्जरी गरेको हो।
उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएअनुसार शल्यक्रिया सम्पन्न भएको केही घण्टापछि श्रीवास्तवलाई होस आउने अपेक्षा गरिएको छ। आज होसमा आए पनि बिरामीलाई भोली मात्र एक जना आफन्तलाई भेट्न दिइने अस्पतालले जनाएको छ।
उपचार भइरहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले उनको स्वास्थ्य अवस्था निरन्तर निगरानीमा रहेको बताएको छ।

