मोटरसाइकलको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

spot_img

सिरहा,१० वैशाख । सिरहामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।

चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका–३ खोरिया टोलमा भएको दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी खजिजा खातुनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आज मध्याह्न करिब १२:२० बजे सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्र.२–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय