काठमाडौं,११ वैशाख । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियल मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।
ट्रम्पले इरानभित्र नेतृत्व र नीतिगत स्पष्टताको अभाव रहेको आरोप लगाउँदै त्यहाँ ‘कट्टरपन्थी’ र ‘उदारवादी’ समूहबीच गम्भीर द्वन्द्व भइरहेको बताएका छन्। उनका अनुसार कट्टरपन्थी समूह कमजोर बन्दै गएको छ भने उदारवादी पक्षले तुलनात्मक रूपमा बढी समर्थन पाइरहेको छ।
उनले थप दाबी गर्दै हर्मुज जलडमरूमध्यमा अमेरिकी नौसेनाको अनुमति बिना कुनै पनि जहाज आवतजावत गर्न नसक्ने बताएका छन्। इरानसँग सहमति नभएसम्म उक्त क्षेत्र प्रभावकारी रूपमा बन्द रहने चेतावनी समेत उनले दिएका छन्।
तर, जापानस्थित इरानी दूतावास ले सामाजिक सञ्जाल एक्स मार्फत ट्रम्पको भनाइलाई ‘असम्भव’ र ‘अविवेकी’ भन्दै खारेज गरेको छ।

