बैंकिङ प्रणालीको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ खिच्दै

spot_img

काठमाडौं,११ वैशाख । नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण गर्न ठूलो परिमाणमा रकम बजारबाट खिच्ने भएको छ। केन्द्रीय बैंकले शुक्रबार एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट रकम उठाउने निर्णय गरेको हो। यो निक्षेप १९ दिनका लागि रहनेछ।

राष्ट्र बैंकका अनुसार बोलकबोल प्रक्रिया आज दिउँसो ३ बजे सुरु हुनेछ। सहभागी बैंकहरूले न्यूनतम १० करोड रुपैयाँदेखि पाँच करोडको गुणकमा आफ्नो प्रस्तावित रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ।

बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई प्राथमिकता दिँदै रकम बाँडफाँट गरिनेछ। समान दरको अवस्थामा भने प्रो–रेट आधारमा वितरण गरिनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार राष्ट्र बैंकसँग रहनेछ।

संकलित रकमको ब्याजसहित भुक्तानी मिति वैशाख ३० गते तोकिएको छ। सो दिन बैंकहरूले मूलधन र ब्याजसहित रकम फिर्ता पाउनेछन्। तर राष्ट्र बैंकले पर्याप्त मौज्दात नराख्ने वा नियम उल्लङ्घन गर्ने संस्थालाई आगामी बोलकबोलबाट रोक लगाइने तथा आवश्यक परे कालोसूचीमा राखिने चेतावनी पनि दिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय