spot_img

मोटरसाइकल दुर्घटनामा परि क्रिकेटर आदिल अन्सारी घाइते

spot_img
spot_img

बीरगन्ज,११ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी आदिल अन्सारी मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्। सिम्रौनगढ नगरपालिका निवासी अन्सारी सवार मोटरसाइकल बम नहर सडकखण्डको थलही पुल नजिक अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनाका क्रममा उनी पुलमुनि खसेका थिए।

घाइते अन्सारीलाई तत्काल उद्धार गरी वीरगञ्जस्थित न्युरो अस्पताल मा भर्ना गरिएको छ। अस्पताल स्रोत र परिवारका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय