मौलापुरमा बिजुली–पानी भुक्तानीको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा

spot_img

राैतहट,१२ वैशाख ।  बिजुली, खानेपानी तथा विवाहसम्बन्धी बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन माग गर्दै मौलापुरमा गठित संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

स्थानीय समस्या लामो समयसम्म समाधान नभएपछि दबाब सिर्जना गर्न आन्दोलन अघि बढाइएको समितिले जनाएको छ। बजार क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमार्फत संघर्ष समितिले आफ्नो आन्दोलनका सबै कार्यक्रम सार्वजनिक गरेको हो।

घोषित कार्यक्रमअनुसार वैशाख १३ गतेदेखि टोल–टोलमा अन्तरक्रिया तथा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिनेछ। यसबाट स्थानीय बासिन्दाको समर्थन जुटाएर मागलाई थप सशक्त बनाउने योजना रहेको छ।

त्यसैगरी, वैशाख १५ गते प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायलाई औपचारिक ज्ञापनपत्र बुझाइनेछ, जसमा स्थानीय समस्याहरू र समाधानको माग समेटिनेछ।

वैशाख २१ गते नगरपालिकामा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ भने अन्तिम चरणअन्तर्गत जेठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्ने चेतावनीसमेत दिइएको छ।

संघर्ष समितिले आधारभूत सेवा–सुविधासँग सम्बन्धित समस्यालाई गम्भीर रूपमा लिएर तत्काल समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै, माग पूरा नभए आन्दोलनलाई अझ कडा बनाइने चेतावनी पनि दिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय