सुकुमवासी बस्ती हटाउने क्रममा खटिएका प्रहरीलाई पानी वितरण

spot_img

काठमाडौं,१२ वैशाख । काठमाडौं महानगरपालिकाले सुकुमवासी बस्ती हटाउने अभियान सुरु गरेको छ। शनिबार बिहानदेखि थापाथलीस्थित बागमती नदी किनारमा बनेका अस्थायी संरचनाहरू हटाउने काम अघि बढाइएको हो।

सरकारले बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारीसहित यो अभियान सञ्चालन गरिएको जनाएको छ। सोही क्रममा सुरक्षा व्यवस्थापनका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

अभियानकै बीच मानविय पक्षलाई ध्यानमा राख्दै महानगर प्रहरीको टोलीले ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई पानी वितरण गरेको छ। विशेषगरी स्थानान्तरण कार्यमा संलग्न प्रहरीहरूलाई लक्षित गर्दै पानी उपलब्ध गराइएको हो।

यसका साथै, आसपास क्षेत्रमा रहेका सुकुमवासी बस्तीका स्थानीय तथा अन्य सर्वसाधारणलाई पनि पानी बाँडिएको छ। बस्ती हटाउने कार्य जारी रहँदा व्यवस्थापन र सहयोगका विभिन्न पक्षहरू एकैसाथ अघि बढाइएको देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय