काठमाडौं,१२ वैशाख । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रले ५९ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन्। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय करियरको छैटौं अर्धशतक हो।
हाल नेपालले ३५ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १४३ रन बनाएको छ। क्रिजमा अहिले दीपेन्द्रसिंह ऐरीसँगै सोमपाल कामी खेलिरहेका छन्।
नेपाल र युएई राष्ट्रिय क्रिकेट टोली बीचको खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा जारी छ।

