पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

spot_img

काठमाडौं,१२ वैशाख । महावीर पुन ले जनप्रतिनिधिहरू जनताको सेवक भएको उल्लेख गर्दै पदको धाक र रवाफ देखाउने सांसदमाथि कडा कारबाही हुनुपर्ने बताएका छन्।

यो टिप्पणी विश्वराज पोखरेलको भिडियो सार्वजनिक भएपछि आएको हो। रास्वपा सांसद पोखरेलले विद्यालयका प्रधानाध्यापकलाई स्वागतमा नआएको भन्दै हप्काएको भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना भइरहेको छ।

पोखरेलको व्यवहारप्रति प्रतिक्रिया दिँदै पुनले सामाजिक सञ्जालमा कडा असन्तुष्टि जनाएका छन्। उनले लेखेका छन्, यस्तो व्यवहार गर्ने व्यक्ति सांसद पदमा बस्न योग्य नभएको जस्तो देखिन्छ र आफू भए तत्काल बर्खास्त गर्ने बताएका छन्।

पुनले सांसद पदलाई जनताको सेवा गर्ने जिम्मेवारीका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार सांसदले पाँच वर्षसम्म आफ्नो समय, क्षमता र ज्ञान जनताको हितमा खर्च गर्नुपर्छ।

उनले स्वागत नगरेको विषयलाई लिएर विद्यालय प्रमुखमाथि सार्वजनिक रूपमा दबाब दिनु गलत भएको भन्दै यसले सांसद पदको गरिमा घटाएको टिप्पणी गरेका छन्। पुनले सम्बन्धित सांसदले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र नत्र जनताले नै त्यस्ता जनप्रतिनिधिलाई फिर्ता बोलाउनुपर्ने धारणा पनि राखेका छन्।

यसैबीच, सामाजिक सञ्जालमा उक्त भिडियो व्यापक रूपमा फैलिएको छ, जसमा सांसद पोखरेलले विद्यालयका प्रधानाध्यापकलाई हप्काएको देखिन्छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय