थापाथलीपछि गैरीगाउँमा डोजर

spot_img

काठमाडौँ,१२ वैशाख । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुमबासी बस्ती हटाएपछि अब गैरीगाउँ क्षेत्रको बस्तीमा पनि डोजर चलाउने तयारी गरेको छ। महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अनुसार आजै दिउँसोपछि उक्त क्षेत्रमा डोजर परिचालन गरिनेछ।

थापाथलीमा अस्थायी घरटहरा (बाँस, जस्तापाता लगायत) मात्र रहेका कारण हटाउने कार्य अपेक्षाकृत सहज भए पनि गैरीगाउँमा पक्की संरचना समेत रहेकाले थप जनशक्ति र उपकरण परिचालन गरिने महानगरले जनाएको छ।

थापाथली क्षेत्रमा सडक विभागका २ र महानगरका २ गरी ४ वटा डोजर परिचालन गरिएको थियो भने पछि थप २ वटा स्क्याभेटर समेत प्रयोग गरिएको थियो। सोही रणनीति अनुसार गैरीगाउँमा अझ सशक्त रूपमा डोजर अभियान सञ्चालन गरिने तयारी भइरहेको छ।

महानगर प्रहरीका अनुसार गैरीगाउँ क्षेत्रमा दिउँसो १ बजेपछि डोजर चलाउने योजना रहेको छ। यस कदमले पुनः सुकुमबासी व्यवस्थापन र शहरी संरचना विकासबीचको बहसलाई थप तीव्र बनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय