आफ्नै वडामा नवनिर्वाचित सांसद सुशील कुमार कानु सम्मानित

spot_img

बीरगन्ज,१२ वैशाख । पर्सा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुशील कुमार कानु आफ्नै गृह वडामा सम्मानित भएका छन्। बीरगन्ज महानगरपालिका–१० स्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा उनलाई दोसल्ला ओढाएर र प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको हो।

कार्यक्रममा कार्यवाहक वडाध्यक्ष सन्तोष जैसी सहित वडा सदस्यहरू प्रभु महतो, मिश्रादेवी नगरकोटी, प्रमिला देवी तथा वडा सचिव पवन प्रधान ले संयुक्त रूपमा सम्मान गरेका थिए।

सम्मान ग्रहणपछि सांसद कानुले आफ्नै वडाबाट यस्तो सम्मान पाउँदा गौरव महसुस भएको बताए। उनले आफू यसअघि वडाध्यक्षका रूपमा काम गरेको अनुभव स्मरण गर्दै अब सांसदको हैसियतमा पनि वडाको विकास र स्थानीय बासिन्दाको सेवामा सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम सन्तोष जैसी को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका मन्त्री विनोद गिरी, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कानु तथा पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष गुप्ता लगायतको उपस्थिति रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय