वीरगन्ज–१० मा रक्तदान कार्यक्रम, ३९ जनाले गरे रगत दान

spot_img

बीरगन्ज,१२ वैशाख । सुशील साह कानु सहित ३९ जनाले बीरगन्ज–१० मा आयोजित रक्तदान कार्यक्रममा रगत दान गरेका छन्।

बीरगन्जमहानगरपालिका वडा नं १० कार्यालयले शनिबार आयोजना गरेको उक्त कार्यक्रममा २ जना महिलासहित ३९ जनाले रक्तदान गरेका हुन्। कार्यक्रम घडिअर्वा स्पोर्ट्स क्लब र पशुपति आदर्श क्लबको सहयोगमा सम्पन्न भएको हो।

रक्तदान कार्यक्रमको उद्घाटन सांसद सुशील साह कानुले आफैं रगत दान गरेर गरेका थिए। कार्यक्रममा स्थानीय समाजसेवी, स्वास्थ्यकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

उक्त अवसरमा बीरगन्ज–१० का वडाबासीलाई आवश्यक परेमा निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा र वडा कार्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर पनि गरिएको छ।

सम्झौता अनुसार रक्त सञ्चार केन्द्रबाट रगत लिन जाँदा लाग्ने शुल्क वडा कार्यालयले बेहोर्ने व्यवस्था मिलाइएको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले जनाएको छ।

कार्यक्रममा वडा कार्यवाहक अध्यक्ष सन्तोष जैसी, रेडक्रसका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय