२४ घण्टामा २,४९२ सवारी चालक कारबाहीमा

spot_img

काठमाडौँ,१३ वैशाख । उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ बढाइएको छ। पछिल्लो २४ घण्टामा मात्रै २,४९२ जना चालक कारबाहीमा परेका छन् भने त्यसबाट करिब ५ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले जनाएको छ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६८ जना चालकलाई कारबाही गरिएको छ। यस्तै नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २७५, ट्राफिक बत्ती र सङ्केत उल्लङ्घन गर्ने १४५ र अत्यधिक गतिमा सवारी चलाउने १८३ जनालाई पनि नियन्त्रणमा लिइएको छ।

त्यसैगरी लेन अनुशासन नमान्ने ९६, निषेधित क्षेत्रमा हर्न बजाउने ७५ र तोकिएको स्थानबाहेक यात्रु चढाउने–ओराल्ने ५९ जनामाथि कारबाही गरिएको छ। अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १,४१३ जना चालकसमेत कारबाहीको दायरामा परेका छन्।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम राख्न नियमित निगरानी र चेकजाँचलाई अझ कडा बनाएको जनाएको छ। पछिल्लो समय सवारी साधनको संख्या बढेसँगै नियम उल्लङ्घनका घटनाहरू पनि बढ्दै गएको भन्दै कार्यालयले सबै चालकलाई जिम्मेवार भएर सवारी चलाउन आग्रह गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय