सुकुमबासी बस्ती हटाइएपछि हर्क साम्पाङ आक्रोशित

spot_img

काठमाडौं,१३ वैशाख । सुकुमबासी बस्ती हटाउने सरकारी अभियानप्रति हर्कराज राई (साम्पाङ)ले कडा असन्तुष्टि व्यक्त गरेका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बस्ती हटाउने क्रममा ठूलो संख्यामा प्रहरी परिचालन गरिएकोप्रति आपत्ति जनाएका हुन्। उनले गरीब तथा सुकुमबासी नागरिकमाथि बल प्रयोग गरिएको आरोप लगाउँदै सरकारको प्राथमिकतामाथि प्रश्न उठाएका छन्।

उनले लेखेका छन् कि करिब १९०० प्रहरी परिचालन गरेर सुकुमबासीमाथि कारबाही गर्ने सरकारले राष्ट्रिय सीमा क्षेत्रमा भने कति ध्यान दिएको छ भन्ने स्पष्ट हुनुपर्ने बताए।

साम्पाङले बस्ती हटाइएपछि प्रभावित नागरिक सडकमै बस्न बाध्य भएको उल्लेख गर्दै सरकारको भूमिकामाथि आलोचना गरेका छन्। साथै, उनले रवि लामिछानेको नेतृत्वप्रति पनि प्रश्न उठाउँदै तत्काल संसद् सञ्चालन गर्न माग गरेका छन्।

सरकारले भने अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत जोखिमयुक्त बस्ती हटाउने कार्य भइरहेको बताउँदै आएको छ। तर, यस विषयमा राजनीतिक दल र सरोकारवालाहरूबीच मतभेद बढ्दै गएको देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय