आँधी–असिनासहितको वर्षाले जलेश्वर जलमग्न

spot_img

महोत्तरी,१३ वैशाख । महोत्तरीको सदरमुकाम जलेश्वरमा आइतबार आएको आँधीहुरीसहितको असिना पानीका कारण व्यापक जलमग्नता भएको छ। वर्षापछि पानी निकास हुन नसक्दा बजार क्षेत्र डुबानमा परेको हो।

नगरपालिकाको चोक, शङ्कर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक लगायतका मुख्य क्षेत्रहरू पानीले भरिँदा जनजीवन प्रभावित बनेको छ। सडकहरू जलमग्न भएपछि पैदल हिँडडुलमा कठिनाइ हुनुका साथै सवारीसाधन सञ्चालन समेत रोकिएको स्थानीयले बताएका छन्।

त्यस्तै, सदरमुकामका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय परिसरमा समेत पानी पसेर समस्या उत्पन्न भएको छ। स्थानीयका अनुसार जलेश्वरमा ढल निकासको उचित व्यवस्था नहुँदा सामान्य वर्षामा पनि बजार क्षेत्र बारम्बार डुबानमा पर्ने गरेको छ। हालको वर्षाले पुनः सोही समस्या दोहोरिएपछि स्थानीयवासीले दीर्घकालीन समाधानको माग गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय