बीरगन्ज,१३ वैशाख । नेपाली बजारमा आज (आइतबार) सुनको मुल्य २ हजार ७ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि अघिल्लो दिन सुन २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी प्रतितोला ५० रुपैयाँ बढेर ४ हजार ९ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

