नेपाल एयरलाइन्सद्वारा काठमाडौं–दोहा नियमित उडान पुनः सुरु गर्ने तयारी

spot_img

काठमाडौं,१३ वैशाख । मध्यपूर्वमा जारी युद्ध र असहज परिस्थितिका कारण केही समय अनियमित बनेको काठमाडौं–दोहा हवाई रुटमा अब नियमित उडान सञ्चालन गर्ने तयारी गरिएको छ।

नेपाल वायुसेवा निगमले सूचना जारी गर्दै वैशाख तेस्रो सातादेखि उडान नियमित गर्ने योजना रहेको जनाएको हो। निगमका अनुसार काठमाडौं–दोहा–काठमाडौं रुटमा हप्तामा चार वटा उडान सञ्चालन गरिनेछ।

नयाँ तालिका अनुसार सोमबार, बिहीबार र शनिबार काठमाडौंबाट उडान हुनेछ। सोही रुटमार्फत यात्रुहरूको आवतजावत सहज बनाउन नियमित सेवा सुरु गर्न लागिएको निगमले जनाएको छ।

तर मध्यपूर्वको सुरक्षा अवस्था र अस्थिरताका कारण जुनसुकै समयमा उडान रद्द हुन सक्ने जोखिम रहेको भन्दै निगमले यात्रुहरूलाई अग्रिम जानकारी गराएको छ। उडान रद्द भएमा त्यसबाट उत्पन्न हुने अतिरिक्त आर्थिक वा अन्य दायित्व आफूले नबेहोर्ने पनि स्पष्ट गरिएको छ।

साथै, पहिले नै टिकट खरिद गरेका तर यात्रा गर्न नसकेका यात्रुहरूलाई प्राथमिकताका आधारमा सेवा दिइने निगमले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय