कांग्रेसभित्रका भेलाहरू अनौठो रूपमा लिएका छैनौँ — विश्वप्रकाश शर्मा

spot_img

काठमाडौं,१७ वैशाख । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र विभिन्न समूहले गरिरहेका भेलाहरूलाई स्वाभाविक प्रक्रिया भएको बताएका छन्। फरक विचार समूहहरू सक्रिय भइरहेका बेला उनले यस्ता गतिविधिलाई अस्वाभाविक रूपमा नलिइएको स्पष्ट पारे।

गृहजिल्ला झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले लोकतान्त्रिक व्यवस्थामा फरक विचार र समूहहरूबीच छलफल तथा भेला हुनु सामान्य अभ्यास भएको बताए। “लोकतन्त्रमा फरक विचार राख्ने र छलफल गर्ने स्वतन्त्रता हुन्छ, त्यसैले यस्ता भेलालाई अनौठो रूपमा लिनुपर्ने कारण छैन,” उनले उल्लेख गरे।

उनका अनुसार पार्टी अहिले महाधिवेशनतर्फ उन्मुख छ र सोही क्रममा संगठनलाई व्यवस्थित, परिमार्जित तथा समयअनुकूल बनाउने प्रयास भइरहेको छ। निर्वाचन आयोग र अदालतबाट आवश्यक प्रक्रियाहरू टुंगो लागिसकेपछि कांग्रेस अब महाधिवेशनको तयारीमा केन्द्रित भएको उनले बताए।

शर्माले पार्टीका अग्रज नेताहरूलाई सँगसँगै लिएर अघि बढ्नु आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ आफूहरू जिम्मेवार ढंगले अघि बढिरहेको बताए। साथै प्रतिनिधिसभामा पार्टीको भूमिका संयमित, परिपक्व र खबरदारीपूर्ण रहने उनको भनाइ छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय