रविमाथिको मुद्दामा पूर्ण इजलासमा सुनुवाइ आज

spot_img

काठमाडौँ,१७ वैशाख । रवि लामिछाने विरुद्ध दायर रिट निवेदनमाथि आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। आरोपपत्र संशोधनसम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको मुद्दामा पेसी तोकिएसँगै सुनुवाइ अघि बढ्न लागेको हो।

मुद्दा हेर्नका लागि सर्वोच्च अदालतका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेलशान्तिसिंह थापा रहेको पूर्ण इजलास गठन गरिएको छ।

यो विवाद सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगसँग सम्बन्धित छ। अभियोग संशोधन गर्ने निर्णय कानुनी रूपमा वैध छ कि छैन भन्ने प्रश्न मुख्य रूपमा उठेको छ।

यसअघि न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले यो विषयमा गम्भीर संवैधानिक तथा कानुनी व्याख्या आवश्यक भएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

संयुक्त इजलासले “थप प्रमाण” को व्याख्या र त्यसको आधारमा अभियोग संशोधन गर्न मिल्ने/नमिल्ने विषयमा स्पष्ट कानुनी व्याख्या आवश्यक रहेको औँल्याएको थियो। साथै जिल्ला अदालतको क्षेत्राधिकारमा सर्वोच्चले हस्तक्षेप गर्न मिल्ने वा नमिल्ने भन्ने विषय पनि पूर्ण इजलासले निरूपण गर्नेछ।

अबको सुनुवाइले यो मुद्दाको कानुनी दिशानिर्देश तय गर्ने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय