लिफ्टको बहानामा महिलामाथि दुर्व्यवहार, युवक पक्राउ

spot_img

काठमाडाै,२३ वैशाख । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पक्राउ पर्ने व्यक्ति पुतलीबजार नगरपालिका–९ निवासी २० वर्षीय दिवस सुनार हुन्।

घटना मंगलबार बिहान पुतलीबजार–१ मालेबगरस्थित सार्वजनिक सडकमा भएको बताइएको छ। प्रहरीका अनुसार सुनारले मोटरसाइकलमा महिलालाई लिफ्ट दिएका थिए। यात्रा क्रममा उनले महिलासँग फोन नम्बर मागेका थिए।

पीडित महिलाले नम्बर दिन अस्वीकार गरेपछि युवकले अनुचित व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीपछि खटिएको प्रहरी टोलीले भाग्ने प्रयास गरिरहेका सुनारलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, अपरिचित व्यक्तिबाट लिफ्ट लिँदा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय