बाढी–पहिरोले देशभरका राजमार्ग प्रभावित

spot_img

काठमाडौं,२३ वैशाख । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडक एकतर्फी सञ्चालनमा रहेका छन्।

काभ्रेपलाञ्चोकस्थित विपी राजमार्गमा बाढीले ठूलो क्षति पुर्‍याएपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाका विभिन्न क्षेत्रमा आएको बाढीले यातायात ठप्प बनाएको हो। साथै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा पनि बाढीको जोखिम बढेपछि सवारी सञ्चालन रोकिएको छ।

यद्यपि, ललितपुर–मकवानपुर जोड्ने कान्तिलोकपथमा पहिरो पन्छाएपछि यातायात पुनः सञ्चालनमा आएको छ भने सिन्धुपाल्चोकको अरनिको राजमार्ग पनि सुचारु रहेको प्रहरीले जनाएको छ।

कोशी प्रदेशमा अविरल वर्षाका कारण इलाम रोड तथा झापातर्फ जाने भित्री कच्ची सडक अवरुद्ध भएका छन्। भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत बोखिम क्षेत्रमा भने सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। ताप्लेजुङको सुकिम्बा–दोभान सडकखण्डमा पहिरो हटाइएपछि यातायात सहज बनेको छ।

गण्डकी प्रदेशमा पनि पहिरोका कारण केही सडक प्रभावित बनेका छन्। म्याग्दीको बेनी–जोमसोम सडक र लमजुङको मध्यपहाडी लोकमार्गमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।

प्रहरीले वर्षा अझै जारी रहेकाले बाढी र पहिरोको जोखिम कायम रहेको भन्दै लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित निकायसँग सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय