चुनावमा धाँधली भएको भन्दै पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीद्वारा राजीनामा दिन अस्वीकार

spot_img

काठमाडाै,२३ वैशाख । भारतको पश्चिम बङ्गाल विधानसभा चुनावपछि राजनीतिक तनाव चुलिएको छ । भारतीय जनता पार्टी (भाजपा) ले पहिलो पटक स्पष्ट बहुमतसहित सरकार गठन गर्ने अवस्थामा पुगेपछि मुख्यमन्त्री ममता बनर्जीले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन अस्वीकार गर्नुभएको छ ।

२९४ सदस्यीय विधानसभामा भाजपा २०७ सिट जित्दै दुई तिहाइभन्दा बढी बहुमतसहित अग्रस्थानमा पुगेको छ भने सन् २०११ देखि लगातार सत्तामा रहेको अखिल भारतीय तृणमूल कांग्रेस ८० सिटमा सीमित भएको छ ।

मुख्यमन्त्री बनर्जी स्वयं पनि आफ्नो परम्परागत क्षेत्र भवानीपुरबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग १५ हजारभन्दा बढी मतले पराजित हुनुभएको छ । परिणामपछि प्रतिक्रिया दिँदै उहाँले करिब १०० सिटमा अनियमितता भएको दाबी गर्दै निर्वाचन आयोगमाथि पक्षपात गरेको आरोप लगाउनुभएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यद्यपि निर्वाचन अधिकारीहरूले ती आरोपलाई अस्वीकार गरेका छन् । भारतीय संविधानअनुसार अब राज्यपालले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सक्नेछन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बङ्गालको नतिजालाई पूर्वी भारतको राजनीतिमा ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गर्नुभएको छ भने  ममता बनर्जीको नेतृत्वमाथि गम्भीर राजनीतिक चुनौती खडा भएको विश्लेषण गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय