spot_img

अध्यादेशपछि वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माको राजीनामा

spot_img
spot_img

काठमाडौं,२३ वैशाख । वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। सरकारले अघिल्लो सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने व्यवस्था सहित अध्यादेश जारी गरेपछि उनले पद छाड्ने निर्णय गरेका हुन्।

डा. शर्माले मंगलबार स्वास्थ्य मन्त्रालय पुगेर राजीनामा बुझाएको जानकारी दिएका छन्। उनका अनुसार अन्य पदाधिकारीहरूले पनि पदत्याग गरेपछि आफूले नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताए।

“मेरो कार्यकाल पनि धेरै बाँकी थिएन, नयाँ नेतृत्वलाई सहज वातावरण बनोस् भनेर राजीनामा दिएको हुँ,” उनले बताएका छन्। स्वास्थ्य सेवाअन्तर्गत दशौं तहका कर्मचारी रहेका डा. शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए।

उनको राजीनामासँगै अहिले वीर अस्पताल पदाधिकारीविहीन बनेको छ। सरकारले ल्याएको अध्यादेश लागू भएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत उपकुलपति, शिक्षाध्यक्ष लगायतका विभिन्न पदाधिकारीहरूको नियुक्ति पनि स्वतः खारेज भएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय