spot_img

कांग्रेस सभापति थापा र नेता खड्काबिच पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

spot_img
spot_img

काठमाडौं,२३ वैशाख । नेपाली कांग्रेस भित्र देखिएको आन्तरिक मतभेद मिलाउने प्रयास स्वरूप सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र नेता पूर्णबहादुर खड्का बीच महत्वपूर्ण छलफल भएको छ।

गोल्फुटारस्थित खड्का निवासमा करिब डेढ घण्टा चलेको भेटवार्तामा पार्टीलाई एकताबद्ध बनाउँदै अघि बढ्ने विषयमा सहमति जुटेको जनाइएको छ। खड्काका सचिवका अनुसार तीन नेताबीच सकारात्मक संवाद भएको र अब पार्टीभित्रको विभाजन अन्त्य गर्ने दिशामा काम गर्ने समझदारी बनेको छ।

विशेष महाधिवेशनपछि थापा र खड्काबीचको यो दोस्रो भेट हो। यसअघि पनि उनीहरूबीच पार्टीभित्रको अवस्था सुधारबारे छलफल भएको थियो। खड्काले आफ्नो समूहका नेताहरूसँगको बैठकमा पार्टी अहिले गुट–गुटमा विभाजित भएको उल्लेख गर्दै पूर्ण एकताका लागि स्पष्ट रणनीति आवश्यक रहेको बताएका थिए।

उनको भनाइमा, पार्टीलाई सशक्त बनाउन नेतृत्वले ठोस रोडम्याप ल्याउनुपर्नेछ। “आधा पार्टी नेतृत्वसँग र आधा बाहिर देखिएको अवस्था अन्त्य गर्न एकीकृत दृष्टिकोण आवश्यक छ,” उनले आफ्ना सहयोगीहरूलाई बताएका थिए।

यता सभापति थापाले पनि आन्तरिक एकता मजबुत बनाउन पहल जारी राखेका छन्। उनले यसअघि शेखर कोइराला सँग समेत भेट गरेर पार्टीभित्र सहमति निर्माण गर्ने प्रयास गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय