spot_img

हारलाई सङ्कल्पमा बदल्नुपर्ने एमाले महासचिव पोखरेलको आह्वान

spot_img
spot_img

काठमाडौं,२९ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले चुनावी पराजयलाई निराशा होइन, भविष्यका लागि नयाँ सङ्कल्पमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको मदन–आश्रित स्मृति दिवस तयारी बैठकलाई सम्बोधन गर्दै पोखरेलले संगठनले हारबाट पाठ सिक्दै अझ सशक्त भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनका अनुसार पार्टी जीवनमा आउने उतार–चढाव स्वाभाविक भए पनि त्यसलाई सकारात्मक दिशामा उपयोग गर्न सक्नुपर्छ।

उनले नियमित रूपमा बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा स्मृति दिवस मनाउँदै आएको स्मरण गराउँदै यस वर्ष पनि देशभर रचनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए।

पोखरेलले पछिल्लो निर्वाचनलाई केवल एउटा दलको हारका रूपमा होइन, मुलधारका राजनीतिक शक्तिहरूका लागि साझा चुनौतीका रूपमा बुझ्नुपर्ने बताए। “यो परिस्थिति निराश हुने होइन, अझ मेहनत गर्ने अवसर हो,” उनले भने।

उनले पार्टी कार्यकर्तालाई आन्तरिक छलफलभन्दा बाहिर गएर नकारात्मकता बढाउने प्रवृत्ति रोक्न पनि आग्रह गरे। आवश्यक सुझाव पार्टी संरचनाभित्रै राखेर संगठनलाई मजबुत बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो।

बैठकमा पार्टी सचिव तथा जनसंगठन समन्वय संयोजक भानुभक्त ढकाल, राजधानी विशेष प्रदेश इन्चार्ज डा. राजन भट्टराईलगायत नेताहरूको उपस्थिति रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय