spot_img

मानवीय संवेदनामा डोजर चलाएर विकास सम्भव हुँदैन : ज्ञानेन्द्र शाही

spot_img
spot_img

काठमाडौं,२९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले विकासका नाममा मानवीय संवेदनामाथि बेवास्ता गरेको आरोप लगाएका छन्।

उनले राज्यले नागरिकको आत्मसम्मानपूर्वक बाँच्ने अधिकारलाई नै कमजोर बनाएको भन्दै सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाए। शाहीका अनुसार राज्य सधैं शक्तिशाली वर्गको पक्षमा उभिनु गलत प्रवृत्ति हो।

सुकुम्बासी बस्ती हटाउने अभियानको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “बागमती किनारमा १० दिनकी सुत्केरी आमाको घर भत्किँदा राज्यले कस्तो सन्देश दिइरहेको छ? मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन।”

शाहीले आफू अव्यवस्थित बस्तीलाई संरक्षण गर्नुपर्ने पक्षमा नरहे पनि विस्थापनका क्रममा मानवीय पक्षलाई बेवास्ता गर्न नहुनेमा जोड दिए। “२४ घण्टाभित्र आफ्नै घर खाली गर्नुपरे कस्तो अवस्था हुन्छ भन्ने सरकारका मन्त्रीहरूले पनि सोच्नुपर्छ,” उनले भने।

उनले सरकारी उच्च पदाधिकारीहरूमाथि उठेका ‘हुकुमबासी’ सम्बन्धी प्रश्नहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग समेत गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय