spot_img

म एक्लो होइन, जनमत परीक्षण गर्नुस् : महावीर पुन

spot_img
spot_img

काठमाडौं,२९ वैशाख ।  स्वतन्त्र सांसद महावीर पुनले संसदमा आफूलाई दिइएको समय विभेदपूर्ण भएको भन्दै आपत्ति जनाएका छन्।

उनका अनुसार अन्य सांसदहरूलाई १० देखि ३० मिनेटसम्म बोल्ने समय दिइँदा आफूलाई केवल ५ मिनेट मात्र सीमित गरिनु असमान व्यवहार हो। पुनले आफू एक्लो नभएको दाबी गर्दै जनसमर्थनको आधारमा आफ्नो उपस्थिति ठूलो रहेको बताए। उनले भने, “म एक्लो छैन।

मलाई पाँच मिनेटमा सीमित नगर्नुस्। नेपालमा मेरो समर्थक धेरै छन्, विश्वास लाग्दैन भने जनमत परीक्षण गर्नुस्।” उनका अनुसार आफूलाई सानो रूपमा प्रस्तुत गर्ने प्रयास भए पनि जनताबीच आफ्नो पहिचान र समर्थन बलियो रहेको छ।

उनले संसदमा समान अवसर र न्यायपूर्ण व्यवहार हुनुपर्नेमा जोड दिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय