सुपा देउराली मन्दिर दर्शन गरेर फर्किँदै गरेका पर्वतका यात्रु सवार ध १ ख ५०४ नम्बरको रिजर्भ बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेले क्षेत्रमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार करिब ३० जना सवार बस सडकबाट झण्डै १०० मिटर तल खसेको थियो। मृतकहरूको सनाखत प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका यात्रुलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि पठाइएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।