spot_img

बीरगन्जका मासु पसलमा अनुगमन, अखाद्य मासु जफत र जरिवाना

spot_img
spot_img

बीरगन्ज,३० वैशाख । पर्सा जिल्लाको बीरगन्ज क्षेत्रमा सञ्चालनमा रहेका खसी–बोकाका मासु पसलहरूमा अनुगमन गरी अनियमितता फेला परेपछि कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा विभिन्न सरोकारवाला निकायहरूको संयुक्त टोलीले बजार अनुगमन गर्दै मापदण्ड विपरीत सञ्चालन भएका पसलहरूमा कडा कदम चालेको हो ।

अनुगमन टोलीले मुर्ली, राधेमाई, श्रीराम हल छपकैया र रेलवे रोड क्षेत्रका मासु पसलहरूमा निरीक्षण गरेको थियो । बाख्राको मासुलाई खसी–बोकाको मासु भनेर गलत रूपमा बिक्री भइरहेको जनगुनासोका आधारमा गरिएको अनुगमनका क्रममा त्रुटि र लापरवाही देखिएको बताइएको छ ।

टोलीले मुर्लीस्थित दिलसाद फ्रेस हाउसबाट करिब १२ किलो २०० ग्राम अखाद्य तथा मिसावट गरिएको मासु जफत गरेको छ । त्यस्तै, राधेमाईस्थित इरफान मासु पसल दर्ता तथा अनुमति बिना सञ्चालन भएको र मिसावटयुक्त मासु बिक्री गरेको पाइएपछि २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

जफत गरिएको मासु सुरक्षित रूपमा डम्पिङ साइटमा नष्ट गरिएको छ । अनुगमनपछि सम्बन्धित पसल सञ्चालकहरूलाई मूल्यसूची अनिवार्य राख्न, मासुको स्पष्ट पहिचानसहित मात्र बिक्री गर्न तथा सरसफाइमा कडाइ गर्न निर्देशन दिइएको छ ।

अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य व्यवसायमा कुनै पनि प्रकारको लापरवाही सह्य नहुने चेतावनीसमेत दिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय