spot_img

मधेसमा सत्ता गठबन्धन कायमै राख्ने जसपा नेपालको निर्णय

spot_img
spot_img

बीरगन्ज,३० वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले मधेस प्रदेशमा हाल कायम सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।

मधेस प्रदेशसभा संसदीय दलको बैठकले नीति तथा कार्यक्रम र आगामी बजेट निर्माणको संवेदनशील समय भएकाले सरकार परिवर्तनतर्फ नजाने निष्कर्ष निकालेको हो। बैठकले तत्कालका लागि वर्तमान गठबन्धनलाई नै अघि बढाउने र स्थायित्वलाई प्राथमिकता दिने निर्णय गरेको जनाएको छ।

हाल मधेस प्रदेश सरकारको नेतृत्व कृष्ण यादवले गरिरहेका छन्। सरकारको नेतृत्व कसले गर्ने वा वर्तमान मुख्यमन्त्रीलाई नै निरन्तरता दिने भन्ने विषयमा भने गठबन्धन दलहरूबीच छलफल जारी रहेको छ।

जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ १ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। तर जसपा नेपाल गठबन्धनमै रहने संकेतसँगै उनलाई विश्वासको मत पाउन सहज हुने देखिएको छ।

निर्वाचन आयोगबाट पार्टी एकता प्रक्रिया टुंगिएसँगै मधेस प्रदेशमा जसपा नेपाल सबैभन्दा ठूलो दल बनेको छ, जसले सरकारको नेतृत्वमा दाबी गर्ने सम्भावनालाई समेत बल पुर्‍याएको छ।

यसैबीच, पार्टी अध्यक्ष उपेन्द्र यादव जनकपुरमा सक्रिय छन् भने संरक्षक महन्थ ठाकुर पनि छलफलका लागि त्यहाँ पुग्ने कार्यक्रम रहेको बताइएको छ। नेताहरूबीच सरकारको भविष्यबारे आन्तरिक मन्थन जारी रहेको छ।

जनमत पार्टीले भने जसपा नेपालले सहमतिविपरीत व्यवहार गरेको आरोप लगाउँदै आलोचना गरेको छ। उता, स्रोतका अनुसार वर्तमान गठबन्धनलाई निरन्तरता दिने विषयमा शीर्ष नेताहरूबीच समेत उच्चस्तरीय छलफल भएको बताइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय