spot_img

इरानमा थुनामै रहेका अमृत झालाई ‘रिहा भएको’ भन्दै गलत विज्ञप्ति निकालेकोमा परराष्ट्रले माग्यो माफी

spot_img
spot_img

काठमाडौं,०४ जेठ । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै गलत सूचना सार्वजनिक गरेपछि परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा माफी मागेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झा अझै इरानमै थुनामा रहेको र उनीविरुद्धको मुद्दा स्थानीय अदालतमा विचाराधीन रहेको स्पष्ट पारेको हो।

यसअघि परराष्ट्रमन्त्री Shishir Khanal सहित मन्त्रालयका अधिकारीहरूले झा रिहा भएको जानकारी सार्वजनिक गरेका थिए। तर पछि उक्त सूचना गलत सावित भएपछि सरकारी संयन्त्रको विश्वसनीयतामाथि प्रश्न उठेको छ।

मन्त्रालयका अनुसार इरानका लागि नेपाली अनररी कन्सलले पठाएको अपुष्ट जानकारीका आधारमा कतारस्थित नेपाली दूतावासमार्फत मन्त्रालयमा सूचना पुगेको थियो। सोही आधारमा हतारमा झा रिहा भएको विवरण सार्वजनिक गरिएको बताइएको छ।

घटनापछि मन्त्री खनालले सामाजिक सञ्जालमार्फत समेत झा रिहा भएको दाबी गरेका थिए भने परिवारलाई पनि सकारात्मक खबर सुनाइएको थियो। तर नेपाल फर्काउने प्रक्रिया अघि बढाउँदा उनी अझै थुनामै रहेको खुलेपछि मन्त्रालय विवादमा परेको हो।

वास्तवमा, अमृत झा इरानको क्वेसहम टापु क्षेत्रमा अवैध सामान ओसारपसारसम्बन्धी आरोपमा पक्राउ परेका थिए। हाल उनी बन्दर अब्बासस्थित हिरासतमा रहेका छन् र मुद्दाको सुनुवाइ जारी छ।

परराष्ट्र मन्त्रालयले झाको निष्पक्ष सुनुवाइ र कानुनी सहयोगका लागि कूटनीतिक पहल जारी रहेको जनाएको छ। साथै, गलत सूचना सार्वजनिक हुनु गम्भीर कमजोरी भएको स्वीकार गर्दै कूटनीतिक वृत्त र आम नागरिकसँग क्षमा मागेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय