spot_img

खाडी मुलुकको आग्रहपछि इरानमाथिको अमेरिकी आक्रमण रोकियो

spot_img
spot_img

काठमाडाै,०५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरूको आग्रहपछि इरानमाथि प्रस्तावित सैन्य आक्रमण स्थगित गरिएको बताएका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत ट्रम्पले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान तथा यूएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले वार्ता जारी रहेका बेला इरानमाथि सैन्य कारबाही नगर्न आग्रह गरेको उल्लेख गरेका छन् ।

ट्रम्पका अनुसार अमेरिका इरानविरुद्ध थप सैन्य कदम चाल्ने तयारीमा थियो। तर शान्ति सम्झौताको सम्भावनालाई ध्यानमा राख्दै खाडी राष्ट्रका नेताहरूको आग्रह स्वीकार गरिएको हो। उनले हाल गम्भीर तहमा कूटनीतिक वार्ता भइरहेको उल्लेख गर्दै अमेरिका, मध्यपूर्व र अन्तर्राष्ट्रिय समुदाय सबैलाई स्वीकार्य हुने सहमति सम्भव रहेको विश्वास व्यक्त गरेका छन्।

उनले सम्भावित सम्झौतामा इरानलाई आणविक हतियार विकास गर्न नदिने प्रावधान स्पष्ट रूपमा समावेश हुने बताएका छन्। साथै खाडी राष्ट्रका नेताहरूप्रतिको सम्मानस्वरूप अमेरिकी रक्षा संयन्त्रलाई आक्रमण स्थगित गर्न निर्देशन दिइएको पनि ट्रम्पले जनाएका छन्।

यद्यपि, वार्ताबाट स्वीकार्य निष्कर्ष ननिस्किए इरानमाथि तत्काल सैन्य कारबाही अघि बढाउन सेना तयारी अवस्थामा राखिएको चेतावनी पनि उनले दिएका छन्।

इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिका र इरानबीच तनाव बढिरहेका बेला वासिङ्टनले कूटनीतिक र सैन्य दुवै विकल्प खुला राखेको छ। अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्प प्रशासन वार्ताबाट समाधान खोज्न इच्छुक भए पनि तेहरानले केही अमेरिकी प्रस्ताव अस्वीकार गरेपछि अमेरिका असन्तुष्ट बनेको छ।

यसबीच इरानले आफ्नो संशोधित प्रस्ताव पाकिस्तानी मध्यस्थकर्तामार्फत पठाएको बताइएको छ। अमेरिकी अधिकारीहरूका अनुसार नयाँ प्रस्तावमा भने अघिल्ला धारणा भन्दा धेरै ठूलो परिवर्तन गरिएको छैन।

spot_img

ताजा अपडेट

लोकप्रिय