spot_img

पूर्वराजाले पटकपटक भेट्न खोजेको भन्दै संसद्‌मा कालो पोशाक लगाएर पुगे महन्थ

spot_img
spot_img

काठमाडौं,०५ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूसँग पटकपटक भेट्ने प्रयास गरेको बताउँदै संसद्मा कालो पोशाक लगाएर पुगेका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा अध्यक्ष ठाकुरले सांकेतिक रूपमा कालो पोशाक प्रदर्शन गरेका हुन् ।

अध्यक्ष ठाकुरले पूर्वराजाले आफूसँग पटक–पटक भेट्ने प्रयास गरेको बताउँदै सोही प्रयोजनका लागि आफूले कालो पोशाक लगाएर आएको टिप्पणी पनि गरे ।

‘मेरो परिचय विभिन्न किसिमको छ, म मधेशी पनि हुँ, नेपाली भन्नुहुन्छ भने नेपाली पनि हुँ । मेरो सबै परिचय छ । मेरो भित्रको आईडेन्डिटी पनि छ, बाहिरको पनि छ । त्यही कारण केही गतिविधि मलाई थाहा हुँदो रहेछ, मैले यो ड्रेस आज लगाए किन ?,’ उनले थप व्याख्या गर्दै भने, ‘किनकी ज्ञानको राजा ज्ञानेन्द्र हुनुहुन्छ, उहाँले धेरै पटक मसँग भेट्ने प्रयास गर्नुभएको थियो । आज म यो लगाएर कहिँ उहाँको त्यो याद आउँछ कि, भेट्नु हुन्छ कि त्यसैले कालो ड्रेस लगाएर यहाँ आएको हुँ । हेरौं, कहिले भेट्नुहुन्छ ।’

उनले ‘पराधीन सपनामा सुख छैन’ भन्ने उखान उद्धृत गर्दै वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरे ।

‘कहावत छ कि पराधिन सपनामा सुख छैन । पराधिन जो हुन्छ नी, त सपनामा पनि सुख हुँदैन । त्यो जागृत अवस्थामा के कस्तो होला ? त्यो भन्ने अवस्था छैन । तपाईं हामी यसै समाजमा छौं, सपना त कस्तो कस्तो आइरहेको छ, सपनामा पनि हामी पीडित छौं । तपाईंहरूलाई त्यसो नलाग्ला, तपाईहरू पीडित हुनुहुन्न भने ठिकै छ,’ उनले भने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय