spot_img

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जनाको सर्टलिस्ट, अन्तिम चरणको छलफल जेठ ८ गते

spot_img
spot_img

काठमाडौं,०५ जेठ । नेपाल धितोपत्र बोर्ड को अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ४ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको छ। कुल ४७ आवेदकमध्येबाट छनोट हुँदै सर्टलिस्टमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट परेका छन्।

समितिले यी चारै जनालाई जेठ ८ गते अर्थ मन्त्रालय मा छुट्टाछुट्टै छलफलका लागि बोलाएको छ। सिफारिस समितिले छलफलपछि यीमध्ये कम्तीमा तीन जनाको नाम अध्यक्ष पदका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषद् बैठकले सिफारिस भएका उम्मेदवारमध्ये एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय