काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको मौसम बुलेटिनमा बिहीबार तराई क्षेत्रमा हुस्सु/कुहिरो रहने भए पनि बाँकी क्षेत्रमा मौसम सफा रहने उल्लेख छ ।
तर, शुक्रबार केही स्थानमा मेघगर्जनसहित पानी पर्ने र हिमपात हुने बुलेटिनमा उल्लेख छ । साथै शनिबार पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान :
माघ ८ गते (बिहिबार)
दिउँसो : तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
राति : तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
माघ ९ गते (शुक्रबार)
दिउँसो : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति : बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा बागमती प्रदेशको एक–दुई स्थानमा मध्यम हिमपात/वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षा को सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन चट्याङ सहित असिनाको समेत सम्भावना रहेको छ ।
माघ १० गते (शनिबार)
दिउँसो : देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानहरूमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।
राति : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

