spot_img

वन अतिक्रमण हटाउने प्रयासपछि महोत्तरीमा राजमार्ग अवरुद्ध

spot_img
spot_img

बीरगन्ज,०५ जेठ । महोत्तरी जिल्ला मा वन क्षेत्र अतिक्रमण गरी बनेका घरटहरा हटाउने प्रयासपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। बिहान केही समय तनावपूर्ण बनेको अवस्था वार्तापछि भने सामान्य बनेको प्रहरीले जनाएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गौशाला नगरपालिका–१ र बर्दिवास नगरपालिका–५ क्षेत्रमा करिब २० वटा घरटहरा तथा पसल हटाउने तयारीसँगै स्थानीयले बिहान करिब ८ बजेदेखि टायर बालेर सडक अवरुद्ध गरेका थिए। डिभिजन वन कार्यालय महोत्तरी ले वन क्षेत्र अतिक्रमण गरी बनेका संरचना हटाउन सुरक्षाकर्मी र डोजर परिचालन गरेपछि स्थानीय आक्रोशित बनेका हुन्। अवरोधका कारण केही समय राजमार्ग पूर्ण रूपमा ठप्प भएको थियो।

इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार करिब दुई घण्टा चलेको अवरोधपछि बिहान १० बजे स्थानीय प्रतिनिधि र सरोकारवालाबीच वार्ता भएको थियो। त्यसपछि यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

कारमान स्याङ्गवा सहित स्थानीय प्रतिनिधिसँग भएको छलफलमा सुकुम्बासीलाई आफ्नै संरचना खाली गर्न समय दिने सहमति भएको छ। सो सहमतिअनुसार तत्कालका लागि डोजर सञ्चालन र घरटहरा भत्काउने काम रोकिएको छ।

डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्र का अनुसार यसअघि १५ दिने, ७ दिने र ३ दिने सूचना जारी गरी संरचना हटाउन आग्रह गरिएको थियो। उनका अनुसार प्रारम्भमा साना टहराका रूपमा बनेका संरचना पछि विस्तार भएर अर्धपक्की घरमा परिणत भएपछि कानुनी प्रक्रिया अघि बढाइएको हो। हालका लागि आन्दोलन स्थगित भई स्थानीयले स्वेच्छाले संरचना हटाउने सहमति भएपछि राजमार्ग पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय