spot_img

प्रधानन्यायाधीश डा. शर्माको शपथ र पदभार ग्रहण आजै

spot_img
spot_img

काठमाडौं,०५ जेठ । डा. मनोज कुमार शर्मा ले आजै प्रधानन्यायाधीशको शपथ ग्रहण गर्ने भएका छन्। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि उनको शपथ तथा पदभार ग्रहण आजै एकै दिन हुने तय भएको हो।

सर्वोच्च अदालत का प्रवक्ता अर्जुन कोइराला का अनुसार शपथ ग्रहण साँझ ६ बजेर १० मिनेटमा हुने कार्यक्रम तय गरिएको छ। शपथपछि प्रधानन्यायाधीश डा. शर्माले आजैदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्। उनलाई न्यायपालिकाको नेतृत्व सम्हाल्ने औपचारिक जिम्मेवारी आजैबाट प्रारम्भ हुने सर्वोच्च अदालतले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय