spot_img

दुर्गा प्रसाईंविरुद्धको प्रहरी अनुसन्धान पूरा, विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन राय

spot_img
spot_img

बीरगन्ज,११ जेठ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान पूरा गरी प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो।

पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बस्नेतका अनुसार प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुर (क्राइम एगेन्स्ट द स्टेट) मा मुद्दा चलाउन राय दिइएको छ।

प्रहरीले अनुसन्धानका क्रममा प्रसाईंले विभिन्न युट्युब च्यानलहरूमा दिएका अन्तर्वार्ता तथा सार्वजनिक मञ्चहरूमा व्यक्त गरेका अभिव्यक्तिहरूलाई मुख्य प्रमाणका रूपमा आधार बनाएको जनाएको छ।

वीरगन्ज बजारस्थित प्रसिद्ध गहवा माई मन्दिरको दर्शन गर्न भनी पर्सा पुगेका प्रसाईंलाई प्रहरीले गत जेठ ४ गते वीरगन्जकै दियालो होटलबाट पक्राउ गरेको थियो।

यसैबीच, प्रसाईंलाई हिरासतमा राखिएको विषयलाई लिएर परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उहाँलाई सोमबारसम्म हिरासत मुक्त गर्न आदेश दिएको छ।

प्रहरीले प्रतिवेदन बुझाएकाले अब सरकारी वकिल कार्यालयले अध्ययन गरी अदालतमा मुद्दा दायर गर्ने वा नगर्नेबारे अन्तिम निर्णय लिनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय