spot_img

दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश

spot_img
spot_img

वीरगन्ज,११ जेठ । आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोप लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा ले हिरासतमा रहेका प्रसाईंमाथि अनुसन्धान सम्पन्न गरी सोमबार प्रतिवेदन पेश गरेको हो। कार्यालयका सूचना अधिकारी डिएसपी हरि बस्नेतका अनुसार प्रसाईंविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ तथा राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा चलाउन राय दिइएको छ।

प्रहरीले जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट प्रसाईंलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनले विभिन्न युट्युब च्यानलमार्फत दिएका अभिव्यक्ति, सार्वजनिक भाषण र सामाजिक गतिविधिलाई मुख्य आधार बनाइएको जनाइएको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार प्रसाईंले सार्वजनिक रूपमा महिलामाथि अपमानजनक टिप्पणी गर्नुका साथै सेना, प्रहरीलगायत संवेदनशील राज्य निकायलाई लक्षित गर्दै अशोभनीय अभिव्यक्ति दिएका थिए। यस्ता गतिविधिले सामाजिक सद्भाव र सार्वजनिक शान्तिमा असर पर्ने निष्कर्ष प्रहरीको छ।
यसै क्रममा उनले एक युट्युब अन्तर्वार्तामा बालेन्द्र शाह, रवि लामिछाने, कुलमान घिसिङ र हर्क सम्पाङ एउटै समूहबाट सञ्चालित भएको दाबी समेत गरेका थिए।

हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको पक्षमा अभिव्यक्ति दिँदै उनले त्यसका लागि समर्थन जनाए बालेन्द्र शाह को फोटो घरमा राख्ने टिप्पणी गरेको समेत उल्लेख छ। त्यस्तै, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले सार्वजनिक गरेको गीतप्रति पनि प्रसाईंले विवादास्पद प्रतिक्रिया दिएको प्रतिवेदनमा समेटिएको छ।
प्रसाईं गहवा माई मन्दिर दर्शन तथा स्थानीयलाई सम्बोधन गर्ने उद्देश्यले पर्सा पुगेका थिए। यसबीच, सर्वोच्च अदालत ले उनलाई सोमबारसम्म हिरासतबाट मुक्त गर्न आदेश दिएको जानकारी प्राप्त भएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय