बीरगन्ज,११ जेठ । बारागढी गाउँपालिका वडा नं. २ की वडा सदस्य रेखा देवी को निधन भएपछि गाउँपालिकाले भोलि शोक बिदा दिने निर्णय गरेको छ।
सोमबार (जेठ ११) उनको निधन भएको हो।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उनको असामयिक निधनले समग्र गाउँपालिका परिवार स्तब्ध भएको उल्लेख गर्दै दिवंगतप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको छ।
वडा सदस्यका रूपमा उनले सामाजिक सेवा, विकास तथा समुदाय रूपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै गाउँपालिकाले विशेष सम्मानस्वरूप शोक बिदा दिने निर्णय गरेको जनाएको छ।
गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाल का अनुसार जेठ १२ गते मंगलबार अत्यावश्यक सेवाबाहेक गाउँपालिका र मातहतका सबै कार्यालय बन्द रहनेछन्। गाउँपालिकाले दिवंगत जनप्रतिनिधिप्रति सम्मान प्रकट गर्दै सार्वजनिक सेवा प्रवाहमा समेत संवेदनशीलता अपनाएको जनाएको छ।



